नेपालमा सफल भएको चलचित्र ‘ए मेरो हजुर २’को अस्ट्रेलिया प्रदर्शनको लागी हाल निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अस्ट्रेलियामा छन् । शनिवार चलचित्रको अस्ट्रेलियामा प्रिमियर सो आयोजना गरिएको थियो । प्रिमियरमा सोमा नायिका साम्राज्ञी रातो रङका जमसुटमा पुगेकी थिइन् ।

माथि अलि बढिनै खुलेको उक्त पहिरनमा साम्राज्ञीको सुन्दरता अझ झल्किएको थियो । आयोजित कार्यक्रममा हट साम्राज्ञीको निकै चर्चा भयो । 

 


अस्ट्रेलियाको इभेन्ट सिनेमाको आयोजनामा गरिएको प्रिमियर सोमा चलचित्र ‘ए मेरो हजुर २’लाई राम्रो प्रतिक्रिया मिलेको निर्माण पक्षले जानकारी दिए । चलचित्रले राम्रो प्रतिक्रिया पाएपछि अरू सहरमा पनि प्रदर्शन गर्न उत्साहित रहेको निर्देशक थापाले बताइन् । चलचित्र ए मेरो हजुर २ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रमा साम्राज्ञीको साथका सलिनमान बनियाँ, सलोन बस्नेतको मुख्य भूमिका रहेको छ ।