गायिका निकिता थापाकाृ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नरोऊ तिमी’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । पासाङ शेर्पाको शब्द र हरि लम्सालको सङ्गीत रहेको गीतमा नायक आकाश खड्का र नायिका स्वस्तिमा खड्का फिचरिङ छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।