नायक पल शाह र मोडल करिश्मा ढकालको अभिनयमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्ट्रेलियामा बसोबास गर्ने गायक सञ्जीव खरेलको शब्द, सङ्गीत र स्वरमा रहेको ‘मेरो माया...’ बोलको गीतमा पल र करिश्मा फिचरिङ छन् । भिडियोलाई नेपाल आइडलका निर्देशक लक्ष्मण पौड्यालले निर्देशन गरेका छन् । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।