गत प्रदर्शनमा आएको हिट चलचित्र 'छक्का पञ्जा'ले सिनेमा क्षेत्रमा नयाँ रेर्कड नै बनायो । यो चलचित्रले सफलताको साथ १०० औँ दिन मनाउदै हाल सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र समेत बन्यो । तर यति बेला अभिनेत्री ऋचा शर्माले छक्का पञ्जाले नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाएकी छिन् । केही समय अघि काठमाडौँमा आयोजना भएको चलचित्रमा महिला नामक कार्यक्रममा बोल्दै छक्का पञ्जा हेरिरहन्दा अाफैमा अाफु मूर्ख रहेको बताएकी थिइन् । उनले आफूलाई महिलाबादी भन्ने तर महिलालाई थप्पड हान्दा आफै हासेको देखेर रिस उठेको बताएकी थिइन् । ऋचाले केही समय अघि आधा लभ नामक चलचित्र निर्माण गरेकी थिइन् । चलचित्र हेर्ने दर्शक हल सम्म नआउदा आफूलाई दुख लागेको बताएकी ऋचा भन्छिन् 'फिल्ममेकरहरु कथामा भन्दा बढी पैसा कमाउन लालयित हुन्छन् । जसले हामीजस्तो राम्रो काम गर्ने खोज्ने, केही नयाँ गर्ने खोज्नेलाई गाह्रो हुन्छ ।' 
 

ऋचाले दिएको  यस्तो अभिव्यक्तिलाई चलचित्र छक्का पञ्जा टिम विरोधमा उत्रिएको छ । चलचित्रका सम्पूर्ण टिमले यति बेला सामजिक सञ्जालमा एउटै स्टाटस लेखेका छन् । ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् । Get Well Soon !’