अभिनेत्री ऋचा शर्माको चर्चाले यति बेला सिने बजार गर्माएको छ । उनले चलचित्र छक्का पञ्जालाई दिएको अभिव्यक्त्तिको कारण ऋचा विवादमा आइन् । यति बेला ऋचाको पक्ष र विपक्षमा कलाकर्मीहरु र दर्शक बाँडिएका छन् । यतो अभिनेत्री रेखा थापापनि ऋचाको पक्षमा उभिएकी छिन् । रेखाले एक सञ्चारकर्मीको स्टाटसमा कमेन्ट गर्दै ऋचाले दर्शकलाई मूर्ख नभनेको लेखेकी छिन् ।

 

उनको कमेन्ट यस्तो छ ।  ‘ऋचाले भिडियोमा दर्शकलाई मूर्ख भनेको छैन । उनी समझदार महिला हुन् । के बोल्ने र के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछाडि लागेको देखेर मलाई अचम्म लागिरहेको छ । खै, उनीहरूबाट सामाजिक रूपान्तरणको पनि अपेक्षा थियो । तर, जोक्करभन्दा माथि नउठ्ने भए ।’ 


अभिनेत्री रेखा थापा र छक्का पञ्जा निर्देशक दिपाश्री निरौला एकदमै मिल्ने साथी हुन् । छक्का पञ्जाको समयमा रेखाले चलचित्रलाई खुलेरनै मिडिया सामु तारिफ गरेकी थिइन् । यता रेखाले गरेको कमेन्टमा दिपाले 'धन्यवाद' भनेर कमेन्ट गरेकी छिन् ।