चलचित्र ‘माई लभ’ को १७ बर्से जोबन बोलको गीत सार्वजनिक भएको छ। डान्सिङ नम्बर रहेको गीनमा चलचित्रका कलाकार गणेश लामा र शीतल श्रेष्ठलाई फिचरिङ छन् । १७ बर्से जोबन बोलको गीतमा  अर्जुन मुसोङको शब्द र सङ्गीत रहेको छ । मिना सिंहको स्वर रहेको गीतलाई प्रदिप श्रेष्ठले नृत्य निर्देशन गरेका हुन् ।  नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा बोकेको चलचित्र यही मङ्सिर २९ गतेदेखि काठमाडौँ उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।

 


जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरू चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरू युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।