चलचित्र ‘पञ्चेबाजा’को दुई फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फागुन ११ गते प्रर्दशनको तयारीमा रहेको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
एउटा गाउँको तीन पात्रको वरीपरि चलचित्रको घुम्नेछ जसमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतको अभिनय रहेको छ ।

चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, मिक्सिङ उत्तम न्यौपाने र हरि घले लामाको छायांकन रहेको छ ।