सुलेमान शंकर 'ईकु'को प्रस्तुति रहेको चलचित्र 'फिर्के'को ट्रेलर सार्बजनिक गरिएको छ । एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिनुका साथसाथै प्रर्दशन मिती पनि पोस्टपोन्ड गरिएको छ । चलचित्र अब पुष २१ मा प्रर्दशन हुनेछ ।
रवि डंगोल 'बेमान'को निर्देशनमा बनेको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका हुन् । चलचित्रमा बिश्व नेपाली र सुवास भुषालको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशन, राम कुमार केसीको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।
कार्यक्रममा बोल्दै कलाकार एबं प्रस्तुतकर्ता शंकरले 'फिर्के' आफुले गरेको अघिल्लो चलचित्र भन्दा अझ स्तरीय रहेको र दर्शकले चलचित्रबाट पूर्ण मनोरन्जन लिने कुरामा ढुक्क रहेको बताए । कार्यक्रममा चलचित्रलाई शुभकामना दिनका लागि निर्देशक/ निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकारहरु दिपकराज गिरी , जितु नेपाल लगायतको उपस्थिति रहेको थियो ।