निर्देशक राज बहादुर सानेद्धारा निर्देशित चलचित्र बिराङ्गनाको यति बेला धमाधम छायाङ्कन भइरहेको छ । अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्रको हालै एक गीतको छायाङ्कन सम्पन्न भएको छ , उक्त गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढी सशस्त्र प्रहरी र १०० भन्दा बढी डान्सर सहित ३०० बढी कोरसको प्रयोग गर्दै तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि बोलको गीत छायाङ्कन सम्पन्न गराएका छन् ।

निर्माण पक्षको अनुसार यो गीत सकिएसँगै चलचित्र बिराङ्गनाको सम्पूर्ण छायाङ्कन सकिएको जानकारी दिएको छ । चलचित्रमा अनुप र शिल्पा दुवै प्रहरीको भूमिकामा देखिएका छन् । गीतको छायाङ्कन सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयम्भुमा गरिएको हो । उक्त गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । चलचित्रमा अनुप र शिल्पाको अलवा धिरेन शाक्य, पृथ्वीराज प्रसाई ,प्रज्वल गिरि, प्रिया रिजाल, कृष्ण सिवाकोटी, देव तामङ, अमृत सापकोटा, अंशु थापालगायतको प्रमुख भूमिका रहेको छ । बाबुराम दास श्रेष्ठ, श्याम बहादुर थापा र रघु परियारको संयुक्त लगानी रहेको चलचित्रमा  सह निर्माताको रूपमा देव तामाङ र सुमि चाम्लिङ राई रहेका छन् । चलचित्रमा श्री श्रेष्ठको द्धुन्द र सञ्जय लामाको छायाङ्कन रहेको छ ।