पछिल्लो केही दिन यता अभिनेत्री ऋचा शर्मा र चलचित्र छक्का पञ्जा टिम बिच फेसबुक वार चलिरहेको छ । यी दुई बिचको विवादले सिने नगरीमा तंरगले ल्याएको छ । ऋचाले चलचित्रमा महिला माथि हातपात गरेको विषयलाई महिला हिंसाको रूपमा परिभाषित गरेकी थिइन्।

 

यही विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै दिपकराज गिरीले आफ्नो चलचित्रमा कुनै प्रकारको महिला हिंसा नभएको बताएका छन्। उनले चलचित्रमा प्रमुख पात्र नै महिला भएको बताएका छन्। कार्यक्रममा बोल्दै दीपकले महिलालाई पिटेको दृश्य देखाउदा महिला हिंसा हुने र महिलामाथि बोतलको रक्सी खन्याएर नाचेको दृश्यलाई के भन्ने?’ भन्दै प्रतिप्रश्न गरेका छन् ।