सिने नगरीमा पछिल्लो समय अभिनेत्री ऋचा शर्मा र चलचित्र छक्का पञ्जा बिचको फेसबुक वारले सिने नगरी मज्जाले नै गर्माएको छ । ऋचाले केही दिन अघि एक कार्यक्रममा चलचित्र छक्का पञ्जाले महिला शोषण गरेको बताएकी थिइन् । उनको यो भनाइको विरोध गर्दै छक्का पञ्जा सम्पूर्ण युनिटले एकसाथ एकै स्टाटस लेखेको थियो । यति बेला अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएकी छिन् । उनले फेसबुकमा लेख्दै कहिले काहिँ नचाहँदा नचाहँदै नहुने रमितामा फसेको र छक्का पञ्जामा आफ्नो पात्र चम्पाको पात्रले महिला शक्तिकरणको भूमिका खेलेको बताएकी छिन् । उनको यस्तो लेखेकी छिन् :-

म आफ्नो गल्ती स्विकार्न कहिल्यै नहिचकिचाउने मान्छे, यो सबै ‘stupidity’ मा आफ्नो सहभागिताको बारे सोच्दा मलाई पक्कै पनि दुख लागेकोछ। म कर्ममा विश्वास राख्ने मान्छे र कर्म गर्दा गर्दै पनि रमितामा फसेछु। कहिले काहीँ कति कुरा यस्ता भइदिन्छन्, जसको परिणाम कति सम्म हुन पुग्छ ,थाहा नै हुँदैन। एकाएक हाम्रो चलचित्रको बारेमा यस्तो-त्यस्तो टीका टिप्पणी आयो भनेर पढ्दा नरमाइलो लाग्यो। रिस पनि उठयो। 
कसैले, त्यो पनि यसै क्षेत्रको व्यक्तिले नामै लिएर ‘हाम्रो फिल्म हेर्नेलाई मूर्ख' भन्यो भन्दा मलाई पक्कै पनि दुख लाग्नु स्वभाविक थियो। social media मा हामीले हाम्रो कुरा अलि हतारमै राख्न पुगेछौँ। कसैलाई तल झार्नु वा व्यक्तिगत रुपमा नराम्रो भन्नु मेरो नियत पक्कै थिएन। 
तर, पछि पूरा कुरा बुझ्दा पनि 'आहा कति राम्रो गफ-गाफ' भन्ने पनि पक्कै लागेन। हो माने मूर्ख शब्द प्रयोग भएन तर बुझ्न पर्ने कुरा के छ भने ‘hypocrite’ अर्थात ‘पाखण्डी’ शब्द ‘मूर्ख' भन्नु भन्दा झनै अपमानजनक शब्द हो (मेरो बिचारमा)। यहि industry मा रहेर चलचित्र हेर्ने दर्शक, कुनै पनि चलचित्र हेर्ने दर्शकलाई hypocrite भन्नू चाहि सहि हुँदै होइन।
म आफै महिला र महिला हिंसा सम्बन्धी कुराहरुमा संवेदनशिल हुनुपर्ने कुरा बुझ्दछु, मान्दछु र यसलाई समर्थन पनि गर्दछु। तर, हामीले चालेको कदम ‘महिला हिँसा' को बारेमा गरिएको टिप्पणीमा वा त्योसंग सम्बन्धित अन्य कुराहरुको बारेमा थिदैँ थिएन र जुन कुराको सुरुवात अर्को पक्षबाट भयो, त्यो पनि ‘महिला हिंसा' सम्बन्धी कुराले भएकै हैन। कुरो र कुलो जता मोडियो, त्यतै मोडिन्छ।
चलचित्र राम्रो नराम्रो भन्ने अधिकार सबैलाई छ, तर चलचित्रलाई लिएर कसैको ‘समझदारी’ प्रति प्रश्न उठाउनु चाहीँ मलाई उचित लागेन, त्यसको चाहिँ म अझै पनि खण्डन नै गर्छु। चलचित्र छक्का पन्जा यहाँहरुलाई ‘राम्रो-नराम्रो’ दुवै लाग्न सक्छ, म त्यसबारे बोल्दिन तर मैले आफ्नो पात्र बारे भने बोल्नै पर्छ। हो चलचित्रमा मेरो ‘चम्पा’ पात्र ले ‘थप्पड हान्छु’ भन्नेलाई विवाह गर्छु भन्छे, तर फिल्मको कुनै पनि अंशमा उसले थप्पड खाँदिन, उल्टो बिहे गरेपछि थप्पड हान्छु भन्नेलाई तह लगाउन खोज्छे र सफल हुन्छे पनि। त्यस्तै, संगैको घरमा भइरहेको महिला हिँसा रोक्छे र यसबारे कानुनमा भएका कुरा गर्छे पनि…. यहाँहरुले सायद ‘थप्पड हान्छु’ भन्नेसंग विवाह गरेको हेर्नुभयो, त्यसपछि के भयो, हेर्नुभएन।
बाँकी गल्ती सबैबाट हुन्छ…
रमिता भयो, रमितेहरुले रमिता उठाए पनि। कसै कसैलाई त यो ‘खेदो खन्ने सुनौलो मौका’ पनि भइदियो…. म कर्ममा विश्वास गर्ने मान्छे, नराम्रो लागेको कुरा लेखेँ जसको असर केही नराम्रो भयो होला, त्यसको मलाई दुख छ। कसैलाई ब्यक्तिगत ठेस पुग्न गएमा माफी माग्दछु। त्यो नियत कहिले पनि थिएन। 
अब कर्ममा ध्यान दिऔं, रमिता आजैबाट बन्द गरौं।
धन्यवाद।