चर्चित टि.भी शृंखला मेरी बास्सैबाट जोडीको रुपमा दर्शकको अथा माया पश्चात वास्तविक जीवनमा पनि जोडी बनेका हुन् धुर्मुस र सुन्तली l कलाकारिता हुँदै समाजसेवाबाट पनि उत्तकै उदारणीय बनेका छन् धुर्मुस - सुन्तली l

 

यहि अवसर पारेर 'म जुन दिन देखि ' बोलको गीत यु-ट्युब मार्फत सार्बजनिक गरिएको छ l दिनेश थपलीयाको शब्द रहेको गीतमा राजेश पायल राईसँगै अन्जु पन्तको पनि आवाज रहेको छ l धुर्मुस सुन्तलीको निर्देशनमा रहेको उक्त गीतमा स्वयम् आँफैले अभिनय गरेका छन् l गीतलाई हरीस निरौला अर्थात् भद्रगोलका पात्र कक्रोजले कोरीयोग्राफ गरेका हुन् भने छायाङकन नवराज उप्रेतीले गरेका हुन् l गीतलाई टेकेन्द्र शाहाले सम्पादन गरेका छन् l