देशमा चुनावी माहोल चर्की रहँदा कुनै पनि ठुला नेपाली सिनेमा प्रर्दशनमा आएका छैनन् । त्यस माथि निकै प्रतिक्षा गरिएको बलिउड सिनेमा ‘पद्मावती’ प्रर्दशन नहुने भए पछि नेपाली सिनेमा घरमा खासै नयाँ र दर्शकको अपेक्षा अनुरुपका चलचित्र छैनन् ।
यसैको फल स्वरूप चलचित्र 'फाटेको जुत्ता'ले री - रिलिजको अवसर पाएको छ । कार्तिक १७ गते बाट सार्बजनिक प्रर्दशनमा आएको यो चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । निर्माता अर्जुन कुमारका अनुसार यो चलचित्र आफ्नो लगानी यस अघि नै उठाईसकेको थियो र यो पटकको रिलिज बोनसको रुपमा रहने पक्का छ ।
निकेश खड्काको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको मुख्य रहेको छ भने दयाहांग राई र नायिका बर्षा राउत पनि क्यामियो रोलमा रहेका छन् ।