नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्र 'राज्जा रानी'को ट्रेलर सार्बजनिक गरिएको छ । मधेशमा रहेको दाइजो प्रथाको वरीपरी चलचित्रको बिषयबस्तु घुमेको छ । चलचित्रमा नायक नाजिर हुसेन राज्जा र केकी अधिकारी रानीको रुपमा प्रस्तुत भएका छन् । नाजिर र केकीको अलावा चलचित्रमा कामेश्वर चौरासिया,संगीता नापित, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, अनोज पाण्डे लगायतको अभिनय रहेको छ ।
याम थापाको लेखन र निर्देशन रहेको चलचित्र 'राज्जा रानी'मा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत रहेको छ भने फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
चलचित्रको प्रर्दशन मिति पौष २१ गतेलाई तोकिएको छ । ट्रेलर सार्बजनिक कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले 'राज्जा रानी'ले मधेशको कथा निकै मज्जाले बोलेको र आफु यस चलचित्रबाट निकै आशावादी रहेको बताइन् । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्र नेपालका १० जिल्लामा सोहि मितिमा मैथिली भाषामा पनि प्रदर्शन हुनेछ ।