चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा राजनराज सिवाकोटी र मिलन अमात्यले स्वर भरेका छन् । राजनराज सिवाकोटी आफैले संगीत भरेको उक्त गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

यम थापा निर्देशित 'हुर्रे'मा केकी अधिकारी, अंकीत खड्का, राजाराम पौडेल, अनुपविक्रम शाही, विजय बराल, प्रकाश घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । डार्क कमेडी जनरामा बनेको ‘हुर्रे’ फागुन २५ गते सार्बजनिक प्रर्दशनमा आउनेछ ।