सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमालको मुख्य भूमिका रहनेगरी चलचित्र ‘लभ डायरिज’को घोषणा गरिएको छ । निर्माण युनिटले फरक शैलीमा यु -ट्युब मार्फत भिडियो सार्बजनिक गर्दै चलचित्रको औपचारिक घोषणा गरेको छ ।

 

‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी र साहिल र मिलन श्रेष्ठको सम्पादन रहनेछ । चलचित्र चुनाव लगतै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।