द फ्रेम क्रियसनको प्रस्तुति रहेको चलचित्र 'बटरफ्लाई'को ट्रेलर सार्बजनिक गरिएको छ । सस्पेन्स सहितको ट्रेलरमा कलाकार आर्यन अधिकारी दुई फरक पात्रका रुपमा प्रस्तुत भएका छन् ।
ओम प्रतिक (गुरुङ) निर्देशित 'बटरफ्लाई'मा आर्यनका अलावा प्रियंका कार्की, अर्पण थापा, सुष्मा कार्की, रबिन्द्र खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा अर्जुन पोखरेल, विकाश चौधरी र दीपक शर्माको संगीत, सुरेश बज्राचार्यको छायाँकन, अर्जुन जिसी र मन्दील श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र पुष २८ गतेबाट प्रर्दशन हुनेछ ।