अभिनेत्रीहरुको लागी कुनै पनि सभा समारोहमा पहिरनको बिशेष महत्व हुन्छ । अझ त्यस माथि अवार्ड लगायतका कार्यक्रममा नायिकाहरुले पहिरनमा निकै ध्यान दिन्छन् तर पहिरन कै कारण नायिकाहरुले कतिपय समयमा समस्या झेली रहेका हुन्छन् ।

 

कुरा हो भर्खरै युएईको आबुधाबीमा सम्पन्न दोस्रो म्युजिक भिडियो अवार्डको, नायिका नम्रता सापकोटा पनि रातो गाउनमा निकै हट अवतारमा प्रस्तुत भएकी थिइन् । उनले उक्त अवार्डमा म्युजिक भिडियो मार्फत उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी थिइन् ।

रातो गाउनमा सजिएकी नम्रतालाई आफ्नो पहिरन सम्हाल्न हम्बे हम्बे परेको थियो । अवार्डको खुशी एक तर्फ थियो भने गाउन सम्हाल्न नसक्नुको पिडा अर्को तर्फ स्पष्ट झल्किन्थ्यो ।