चलचित्र 'पर्खी बसें'बाट नेपाली चलचित्रमा उदाएका थिए, अभिनेता राजभल्लव कोइराला । त्यसअघि पोखरा मै रहेर रेडियो प्रस्तोताको रुपमा पनि उनले प्रसिद्धि कमाईसकेका थिए । दुई दर्जन नेपाली चलचित्रमा काम गरीसकेका कलाकार हुन् कोइराला । उनको अन्तिम प्रर्दशन भएको चलचित्र हो 'ऋतु' ।

अभिनेता कोइरला नेपाली चलचित्रमा सक्रिय हुँदाहुँदै अमेरिका पुगेका थिए । त्यसपछि भने उनको सक्रियता निकै कम भयो । हालै मात्र अभिनेता राजभल्लव कोइरालाले अमेरिका मै प्रतिमा विमलीसँग विवाह बन्धन कसेका छन् । केहि समयअघि ईन्गेजमेन्ट गरेका कोइरालाले प्रेमिका प्रतिमा विमलीसँग यसै साता विवाह गरेका हुन् ।