चलचित्र 'लाल पुर्जा'को नयाँ गीत 'मीतेरी एन्थम' रिलिज गरिएको छ । जेसन कुँवरको शब्दमा रहेको गीतमा अन्जन बाबु, सुम्नीमा सिंह, संगिता चौलागाईं, जेसन कुँवर, पुष्पा पलानचोकेको स्वर समावेश गरिएको छ । नरेन्द्र मैनालीको छायाङ्कन रहेको उक्त गीतलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

 

निगम श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘लाल पुर्जामा’मा सौगात मल्ल, मेनुका प्रधान, बीपीन कार्की, कामेशोर चौरासीया, हरिहर शर्मा, मिरुना मगर, कुमार नगरकोटी लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘लालपुर्जा’ माघ ४ देखि सार्बजनिक प्रदर्शनमा आउनेछ ।