'मसानटार', पुर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो । नाटकलाई प्रदिप कुमार चौधरीले निर्देशन गर्दैछन् । निर्देशकका अनुसार नाटकमा भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु देखाइनेछ ।' मसानटार मेरो देशको जस्तै यथास्थीतीवादी र प्रगतिवादी विचको द्धन्दको प्रतिविम्ब हो, उनले भने ।

किरण श्रेष्ठ, सुदिप खतिवडा, प्रत्रिका धिमीरे, आयान खड्का, कविता धौबडेल, मिलन कार्की, बिक्रम श्रेष्ठ, सागर दाहाल, सन्देश शाक्य, कुन्दन चौधरी र पुष्कर जंग कार्कीको अभिनय रहेको नाटकको लेखन पनि निर्देशन प्रदिप कुमार चौधरीले नै गरेका हुन् ।

नाटक यही मंसीर २४ गतेबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ ।