गायक सुरज मानन्धरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको मेहनत पश्चात् गायक मानन्धरले ‘तिम्रो अँगालोमा’बोलको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । गीतमा गायक सुरजलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।
सार्वजनिक गीतमा गोविन्द दाहालको शब्द रचना, चन्दन के श्रेष्ठको सङ्गीत र फणिन्द्र राईको सङ्गीत संयोजन रहेको छ । म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई अनिल के मानन्धरले छायाङ्कन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।