युवा पुस्तामा सवार्धिक रुचाइएका नायक अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । बाहिरिएको खबर अनुसार अनमोल ‘क्याप्टेन’ नामक चलचित्रमा अनुबन्धित भएका हुन् । काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गर्ने चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्ने भएका छन् । भट्टराईद्धारा निर्देशित चलचित्र ‘ऐश्वर्य’ केही समय अघि प्रदर्शनमा आइसकेको छ । क्याप्टेन फागुनको पहिलो साताबाट छायाँकनमा जाने बताइएको छ ।
सामिप्यराज तिमिल्सिनाको कथा रहने चलचित्र आउदो वर्षको तिजमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । यति बेला अनमोल अभिनित चलचित्र ‘कृ’ प्रदर्शनको तयारीमा गरिरहेको छ । लगातार हिट चलचित्र दिएका अनमोलले कृ निर्माण पक्षको अनुसार माघ २६ गते आउने पक्का भएको हो ।