चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । पौष २८ गते प्रदर्शनको तयारी गरेको चलचित्रको ट्रेलरमा दयाहाङ राई, वर्षा राउत, बुद्धि तामाङ, दिया पुन, प्रविन खतिवडा, अरुणा कार्की लगायतका कलाकार फिचरिङ छन् ।
सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रलाई टेकेन खड्का निर्माण गरेका हुन् । यस अघि उनले झोले नामक चलचित्र निर्माण गरेका थिए । जुन सफल भएको थियो । रामबाबु गुरुङको कथा रहेको चलचित्रमा रौनकविक्रम कंडेल कार्यकारी निर्माताको रूपमा रहेका छन् ।