आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिका रहेको बर्षकै सुपर हिट चलचित्र 'दुई रुपैयाँ' कतारमा प्रर्दशन हुने भएको छ । चलचित्रलाई 'कस्तो राम्रो इभेन्ट्स'ले कतारमा प्रर्दशन गर्न लागेको हो । डिसेम्बर १८ 'नेशनल डे'को दिन ११, २ र ५ बजे 'डल्ला ड्राइभीङ्ग एकेडेमीको सभाहल',सनैयामा चलचित्र 'दुई रुपैयाँ' देखाईने आयोजकले जनाएको छ ।

चलचित्र 'दुई रुपैयाँ'ले नेपाल, अस्ट्रेलिया, यु.के लगायतका अन्य देशका दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेको र कतारबाट पनि उत्तिकै मायाको अपेक्षा रहेको निर्देशक असिम शाहले बताए । चलचित्रमा निश्चल र आसिफका अलावा मेनुका प्रधान, राजन इशान, बुद्धि तामाङ, प्रतीकराज न्यौपाने, रवीन्द्र झा लगायतको भूमिका रहेको छ ।

चलचित्रको 'कुटुमा कुटु' बोलको गीतले नेपाल यु-ट्युबमा सर्वाधिक धेरै पटक हेरिएको गीतको रेकर्ड पनि कायम गरेको छ । उक्त गीत हालसम्म ३९ करोडले हेरिसकेका छन् ।