‘ईकु’को नामले चर्चित कलाकार सुलेमान शंकरको प्रस्तुती रहेको चलचित्र 'फिर्के' नेपाल पछि अमेरिकामा पनि प्रर्दशन हुने पक्का भएको छ । चलचित्र निर्माण कम्पनी एस.एम.एस. फिल्म्स र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनका बीच सम्झौता भएको चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताएका छन् ।
नेपालमा पौष २१ गते प्रर्दशनका लागि तम्तयार रहेको फिर्के अमेरिकामा भने आगामी फेब्रुअरीबाट अमेरिकाका बिभिन्न स्टेटहरुमा चलचित्र प्रदर्शन गरिनेछ ।
रवि डंगोल 'बेइमान' निर्देशित 'फिर्के'मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, मित्र डि. गुरुङ्को सम्पादन र राम कुमार केसीको छायांकन रहेको छ । 'फिर्के'लाई ओमलाल गुरुङ् र राजेश श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।