यस अघि बलिउड स्टार प्रियंका चोपडाले निर्माण गरेको चलचित्र ‘काशी अमरनाथ’मा देखिएकी थिइन् नेपाली अभिनेत्री जेनिशा केसी । अभिनेत्री केसी यतिबेला बलिउडमा आफ्नो स्थान बनाउने प्रयासमा छिन् ।
उनै अभिनेत्रीले बलिउड सुपरस्टार सलमान खानसँग भेटेको तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरेकी छिन् । उक्त तस्बिरहरु सार्बजनिक गर्दै जेनिशाले केहि रामो कुराकानी भएको र राम्रो खबरका लागि केहि समय कुर्नका लागि आग्रह गरेकी छिन् ।
के साच्चै नै सलमान खानसंग चलचित्र गर्दैछिन् त जेनिशाले भन्ने प्रश्नहरु उठ्न थालेका छन् ? बलिउडमा जम्न जेनिशाले गरेको भरपुर मिहेनतले कुनै निस्कर्ष पाउला या नपाउला, त्यो भने समयले देखाउनेछ ।