बर्षकै प्रतिक्षित चलचित्र 'कृ'को रोमान्टिक पोस्टर सार्बजनिक गरेसंगै ट्रेलर सार्बजनिक गरिने मिती पनि तय गरिएको छ । चलचित्रको ट्रेलर यहि शुक्रबार सार्बजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
सार्बजनिक पोस्टरमा अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी बीचको रोमान्सलाई प्रस्तुत गरिएको छ । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । 'कृ'लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

चलचित्र 'कृ' सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्मस्को संयुक्त लगानीमा बनेको चलचित्र हो । चलचित्रको प्रर्दशन मिती माघ २६ लाई तोकिएको छ ।