चलचित्र 'पञ्चेबाजा'को 'घिन घिन मादल' बोलको गीत सार्वजनिक गरिएको छ । फाल्गुन ११ गतेलाई प्रर्दशन मिती तोकेर प्रचारप्रसारको पहिलो खुड्किलो स्वरूप चलचित्रको गीत सार्बजनिक गरिएको हो । भिडियोमा कर्मा, सौगात र जस्मिन श्रेष्ठलाई फिचर गरिएको छ । अञ्जु पन्त र डेविड शंकरको आवाज रहेको उक्त गीतमा प्रदीप भाद्वाजले शब्द र विकास चौधरीले संगीत दिएका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

न्यू भेनस फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा सौगात,कर्मा र जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, देशभक्त खनाल, युवराज भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।