चलचित्र 'रोमियो र मुना'को 'स्याण्डविच सङ्ग' सार्बजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको गीत सार्बजनिक गरिएको हो । कार्यक्रममा नायक विनय श्रेष्ठ फरक स्टाइलले प्रस्तुत भएका थिए । उनले कार्यक्रममा इन्ट्री नै दुई बिकिनी गर्लको साथमा गरेका थिए । केहि भिन्न गर्ने सोचका साथ चलचित्रको सार्बजनिक गीतको थिममा प्रस्तुत भएका नायकले बताए ।
सार्बजनिक उक्त 'स्याण्डविच सङ्ग'मा विनय हट अबतारमा प्रस्तुत भएका छन् । गीतको सम्पूर्ण छायांकन अमेरिकामा नै गरिएको हो । गीत छायांकनका लागि 'रोमियो एण्ड मुना' टिमलाई आहा प्रोडक्सनले साथ दिएको थियो । भिडियोलाई उज्जल सिंहले निर्देशन गरेका छन् ।
नरेशकुमार केसी निर्देशित चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् भने प्रज्वल सुजल गिरी लिडमा साथ दिएका छन् ।