निर्वाचनका कारण केहि सुस्ताएको नेपाली चलचित्र बजार अब भने क्रमिक रुपमा आफ्नो लयमा फर्किदैछ । निर्वाचन कै कारण केहि समय यता नेपाली चलचित्रहरु प्रर्दशनमा आएका थिएनन् जसका कारण हलमा नेपाली चलचित्रको खडेरी लाग्यो र केहि चलचित्रहरु पुनः प्रर्दशनमा आए ।नेपाली बजारमा यो साता दुई नेपाली चलचित्र प्रर्दशनमा आएका छन्, 'माइ लभ' र 'गोरे' ।
'माइ लभ' २०७२ सालको विनाशकारी भुकम्पको कथामा बनेको चलचित्र हो । चलचित्रलाई जापानी निर्देशक डा. तोसिआकी इटोहले निर्देशन गरेको हुन् । 'माइ लभ'मा नेपाली कलाकारहरुका गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ साथसाथै जापानी कलाकारहरु रिवन मित्सुतानी, युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका लगायतको अभिनय रहेको छ ।
यता चलचित्र 'गोरे'मा भने दीलिप रायमाझी र अनु शाहको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रामेश कुमार राईले निर्देशन गरेका हुन् ।