अनमोल के.सीको मुख्य भूमिका रहेको बर्षकै प्रतिक्षित चलचित्र 'कृ'को ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार(आज) काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो ।

 

 

'कृ' मा अनमोल केसी, अदिती वुढाथोकी, अर्जेश रेग्मी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । 'कृ'लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।