केही साता पहिले नायक अनमोल केसीलाई अभिनेत्री झरना थापाले चलचित्रको लागी ५० लाखको अफर गरिएको समाचार बाहिरिएको थियो । मिडियामा राम्रै स्थान पाएको उक्त समाचारको खण्डन गर्दै अभिनेत्री झरना थापाले अन्तवार्ता दिदैँ अनमोललाई ५० लाखको अफर नगरेको बताएकी थिइन् ।

 

त्यस्तै उनले सामाजिक सञ्जाल फेसबुकमा समेत स्टाटस लेखेर बाहिरिएको खबर झुट भएको बताएकी थिइन् । तर यता नायक अनमोल केसीले आफूलाई ५० लाखको अफर गरिएको स्वीकार गरेका छन् । शुक्रवार चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले  आफूलाई केही निर्माताले ५० लाखको अफर गरेको बताएका छन् ।

 

अनमोलले कार्यक्रममा बोल्दै आफूले पैसाको लागी कहिले चलचित्र नगर्ने बताए । भन्छन् ‘यदि म पैसाको लागी काम गर्थे भने यो दुई वर्षमा धेरै चलचित्रमा काम गर्र्थे होला । मलाई मेहनत गरेर राम्रो चलचित्रमा काम गर्नु छ । ’