भारतको चर्चित रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल’को तेस्रो संस्करणमा यस पटक नेपालकी सविता कार्कीले फस्ट रनरअप जितेकी छिन् । शनिवार भएको फाइनलमा उत्कृष्ट तीनमा छानिएकी सविताले पहिलो रनरअपको उपाधि जितेकी हुन् । प्रतियोगिताको शीर्ष उपाधि अमदाबादकी रिया सुवोधले हात पारिन् । एमटिभीबाट प्रसारण हुने यो कार्यक्रममा युवापुस्ता माझ निकै लोकप्रिय छ । यो सोमा मोडलहरुल विभिन्न चरणहरू पार गर्नु पर्ने छ । नेपालबाट सहभागी भएकी सविताले विभिन्न चरण पार गर्दे अन्तिम राउन्डसम्म आइपुगेकी हुन् । प्रतियोगितामा बलिउड अभिनेत्री मलाइका अरोरा मुख्य निर्णयकको रूपमा रहेकी थिइन् । साथै फोटोग्राफर डब्बू रतनानी र मिलिन्दा सोमन सामेल थिए ।यस रियलिटी सोको अन्तिम तीन विजेतालाई ओपो २०१८ को क्यालेन्डरको लागि फोटोशूट गराइनेछ ।