नेपाली सिने नगरी अब्बल अभिनयले परिचित अभिनेत्री केकी अधिकारीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । केकीको जन्म २०४६ साल पुस २ गते काठमाडौँको जोरपाटीमा भएको थियो । दर्जनौ म्युजिक भिडियोमा काम गर्दै ‘स्वर’ चलचित्रबाट डेव्यु गरेकी केकीले आइतबार काठमाडौँमा आफू अभिनित चलचित्र ‘राज्जा रानी’ टिमसँग जन्मदिन मनाएकी हुन् ।

मैथिली भाषामा किनेको भोर कम्पनी र चलचित्र राज्जा रानी टिमले रमाइलो तरिकाले केकी जन्मदिन मनाएको थियो । जन्मदिन सेलिब्रेशनमा चलचित्रका नायक नाजिर हुसेन, निर्देशक यम थापा, निर्माता रमेश एम के पौडेल उपस्थित थिए । पौष २१ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भइसकेको छ । तराईमा हुने दाइजो प्रथाको कथालाई उठान गरिएको चलचित्रमा केकी र नाजिरको मुख्य भूमिका रहेको छ ।