यूएइमा यही डिसेम्बर २२ तारिकमा हुन लागेको कार्यक्रम ‘शुभयात्रा साँझ’काे सम्पुर्ण तयारी पुरा भएकाे आयोजकले जानकारी दिएकाे छ । ग्रष्मा इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट ५ चर्चित कलाकारहरूले प्रस्तुति दिदैँ छन् । जसमा गायक रामकृष्ण ढकाल, गायिका इन्दिरा जोशी, गायक हेमन्त राना, कमेडियन सन्दिप क्षेत्री र नायिका नम्रता सापकोटा सहभागी हुने भएका हुन् । 

 

 

 

 

 

सुन साइली’ प्रवासी नेपालीको मन छुने गीत । रोजीरोटीका लागि विदेशिनु पर्ने बाध्यता र त्यसले निम्त्याउने पारिवारिक वियोगको यो लय अब दुबईबासीमाझ गुञ्जदैछ । गायक हेमन्त राना ‘चालिस कटेसी रमाउँला’ भन्दै दुबईको रोयल अस्कोटको प्रेक्षालयमा उभिदैछन् । त्यस्तै कमेडियन सन्दिप क्षेत्रीले आफ्नो कमेडी प्रस्तुत गर्ने छन् । 

 

 

 

देश(विदेशमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने गृष्मा इन्टरटेनमेन्टले शुभयात्रा साँझ अन्र्तगत दोस्रो सिजनको कार्यक्रम तय गरेको हो ।कार्यक्रम मध्यन्ह चार बजेबाट सुरु हुने गृष्मा इन्टरटेनमेन्टका निर्देशक गृहेन्द्र घिमिरेले बताए । दुबईमा कार्यक्रमका लागि मदन अधिकारी, मनोज गोर्खाली, समिम खानले मेलोमेसो मिलाएका छन् ।