यही पौष १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यु इयर’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु’बोलको गीत सोमबार साझ युट्युबमार्फत रिलिज गरिएको हो । सार्वजनिक गीतमा सनुप पौडेलको स्वर, किरण माइकलको शब्द तथा सङ्गीत रहेको छ ।
अष्ट्रलियामा सम्पूर्ण छायाङ्कन गरिएको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतम, पदम शाक्य, सुजाता केसी, करण क्रेजी, डा. घनश्याम चापागाईं लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रती थापाले निर्माण गरेकी हुन् ।