अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठबिचको प्रेमसम्बन्ध कोही सामु लुक्न सकेको छैन । पछिल्लो केही समययता यी दुईले आफ्नो प्रेमसम्बन्ध स्वीकार गर्दै आइरहेका छन् । तर यी दुई बिच फागुनमा प्रतिस्पर्धा हुने भएको छ । श्रृष्टि अभिनित ‘रोमियो एण्ड मुना’, सौगात अभिनित ‘पञ्चेबाजा’ एकै दिन प्रदर्शनमा आउने तय भएको हो । दुवै चलचित्र फागुन ११ गते रिलिज हुने छ । यस हिसाबले हेर्ने हो भने यो प्रेमजोडीको लडाई हुने पक्का छ । अब हेर्ने यो बाँकी छ यी जोडीबिच बाजी भने कसले मार्ने हो ?