नेपाली चलचित्र ‘लम्फु’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र अब २०७५ वैशाख २८ गते रिलिज हुने भएको हो । छायाँकनको लागी लामो समय लागेको चलचित्र ‘लम्फु’मा नव–नायक कबिर खड्का, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।गोपालचन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र ’लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरूलाई प्रस्तुत गरिएको छ । चलचित्रलाई शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् ।
चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको ’लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ ।