नेपाली चलचित्र ब्याड ब्वाईले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्र यही पौष ७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । बरुण अधिकारीको निर्देशन रहेको एक्सन प्रधान चलचित्रमा सामाजमा उत्पन्न भई रहेका विकृतिमा युवाहरूको भूमिकालाई प्रस्तुत गरिएको छ । चलचित्रमा राजेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारहरूको अभिनय रहेको छ । ब्याड व्वाईलाई मनोज थापा र प्रकाश सिटौलाले निर्माण गरेका हुन् । चलचित्रमा माधव शर्माको लेखन, राजुजङ थापाको द्धन्द्ध, राम कार्कीको सङ्गीत, गोविन्द राईको नृत्य, विनोद सापकोटाको छायाङ्कन, सुवास देवकोटाको सम्पादन रहेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्र पौष ७ मा नेपालको ७० भन्दा बढी हलहरुमा रिलिज हुने छ ।