चलचित्र ‘स्वर्ग मेरो गाउँ’ले प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र अब माघ १२ गते प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएका छन् । रामकृष्ण बजगाइँको निर्माण तथा निर्देशन रहेको चलचित्रमा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा युवाको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिए । यसअघि नायक नरेनले ‘परदेशी’, ‘मन्दिरा’, ‘हमेसा’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई चलचित्रका कोरियोग्राफर हुन् । ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर र पोस्टर शुक्रवार सार्वजनिक हुँदैछ ।