गायक सन्तोष कालिकोटेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छटपटी’ बोलको म्युजिक भिडियो मङ्गलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा डम्बर हिंगमांगको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् ।

 

 

 

सम्पादनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल घिमिरेले करिब ८ वर्ष पछि यो भिडियो निर्देशन गरेका हुन् । फरक तरिकाले प्रस्तुत गरिएको भिडियोमा राज न्यौपाने, रोशनी कार्की, संजीत प्रताप मल्ल, संयोग कालिकोटेको अभिनय रहेको छ । भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन् ।