नेपाली चलचित्र ‘२ रुपैयाँ’मा समावेश रहेको गीत ‘कुटुमा कुटु’ले नयाँ रेकर्ड बनाएको छ । यो गीतले युट्युबमा ४ करोड बढी भ्यु पाएको छ । जुन अहिले सम्म नेपाली युट्युबमा सर्वाधिक भ्यु हो । राजराज सिवाकोटीको शब्द, सङ्गीत रहेको गीतमा राजराज, मेलिना राई र राजन इसानको स्वर रहेको छ ।

 

 

 

भिडियोमा नायिका स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् भने कविराज गहतराजको कोरियाग्राफी रहेको छ । असीम शाहको निर्देशन रहेको चलचित्र ‘२ रुपैयाँ’ भदौ २३ गते प्रदर्शनमा आएको थियो । यस वर्षको सफल चलचित्रको सूचीमा परेका ‘२ रुपैयाँ’मा आशिफ शाह, निश्चल बस्नेत, मेनुका प्रधान, रबिन्द्र मिश्र, राजन इसान लगायतका कलाकारको अभिनय रहेको छ ।