नायक सुशील श्रेष्ठ अभिनित चलचित्र ‘लभ डायरिज’को यति बेला पर्यटकीय नगरी सौराहमा धमाधम छायाङ्कन भयरहेको छ । ७० प्रतिशत छायाङ्कन सौराहमा गरिने भनिएको चलचित्रको करिब ३० प्रतिशत छायाङ्कन सकिएको निर्माण पक्षले बताएको छ । युवा प्रेमको कथालाई प्रस्तुत गरिएको चलचित्रमा कमेडीको साथै सन्देशकमुलक रहेको निर्माण पक्षले जानकारी दिए ।
चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरिरहेका छन् । चलचित्रमा सुशील श्रेष्ठको मुख्य भूमिका रहेको छ भने उनको साथमा नव–नायिका रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीेको मुख्य भूमिका रहेको छ ।
विनोद सापकोटाको निर्माण, सरोज तुलाधरको सह–निर्माण रहेको चलचित्रको छायाङ्कन सञ्जय लामाले गरिरहेका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रको छायाङ्कन सौराहमा सकिएसँगै पोखरा र काठमाण्डौँमा हुने छ ।