यही पौष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राज्जा रानी’को प्रमोसनको लागी चलचित्र टोली यति बेला मोफसलको यात्रामा निस्केको छ । मङ्गलवार प्रमोसनको क्रममा विराटनगर पुगेका चलचित्र टोलीलाई नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितले साथ दिएका छन् । उनी स्टेजमा चलचित्रका मुख्य कलाकारद्धय केकी अधिकारी र नाजिर हुसेनसँग चलचित्रमा समावेश ‘चिपक चिपक’ बोलको गीतमा नाचेका थिए ।

 

दाइजो प्रथाविरुद्धको अभियानमा रहेको भोर नामक संस्थासँग मिलेर प्रमोसन गरिरहेको चलचित्र ‘राज्जारानी’लाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा रमेश एम के पौडेलको लगानी रहेको छ । यति बेला यो युनिट प्रमोसनको लागी जनकपुर पुगेको छ ।