विदेशी भूमिमा भोग्ने पिडालाई प्रस्तुत गरिएको चलचित्र ‘म त परदेशी’ पौष १४ गतेबाट प्रदर्शन हुने भएको छ । प्रदर्शन हुन एक हप्तामात्र बाँकी हुँदा बुधवार चलचित्र युनिटले पत्रकार भेटघाट गरेको छ । देव नेपालको निर्देशनमा तयार भएको चलचित्रले वैदेशिक रोजगारीको लागी खाडी मूलक पुगेका नेपाली युवाहरूले भोग्ने दुख पिडालाई चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रलाई दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेका हुन् । चलचित्रमा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलकारको अभिनय रहेको छ । ‘म त परदेशी’मा पुष्कर सुनुवारको सङ्गीत रहेको छ ।