फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’को पहिलो गीत ‘स्याडविच मी’को भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रसारण गर्न अस्वीकार गरेको छ । उक्त गीतको भिडियो माथि सेन्सर लगाउदै युट्युबले सीमित उमेर समूहले हेर्ने मिल्ने गराइएको छ । त्यस्तै निर्माण पक्षले जानकारी दिए अनुसार युट्युबमा स्याडविच मीको मनिटाइजेशन पनि गरिइएको छैन । केही समय चलचित्रको गीत रिलिज कार्यक्रममा नायक विनय श्रेष्ठ दुई बिकिनी गल्र्ससँग पुग्दा आलोचना भोग्नु परेको थियो । चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । निर्देशक केसी भन्छन् ‘गाउँकी मुना र सहरको रोमियो बिचको कथा हो । गीतको भिडियो रोमियोको क्यारेक्टर अुनसारको छ ’ । चलचित्रलाई प्रशन्न गोपालीले निर्माण गरेका हुन् । चलचित्रमा विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।