चलचित्र ‘शेरबहादुर’को टिजर सार्वजनिक गरिएको छ । सस्पेन्सले भरिएको टिजरमा अभिनेता सुनिल थापालाई डरलाग्दाे लुक्समा देखाइएको छ । आर राजवंशीको निर्देशनमा बनेको चलचित्र शेरबहादुरको केही समय अघि एक गीत सार्वजनिक भएको थियो ।
चलचित्रमा सुनिल थापाको साथमा कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई गौरी शङ्कर धुँजु र धिरज राजवंशीले निर्माण गरेका हुन् ।