चलचित्र ‘लालपुर्जा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरमा अभिनेताद्धय विपिन कार्की र सौगात मल्ललाई फरक गेटअपमा देखाइएको छ । कमेडी जनरामा बनेको चलचित्रमा भाइ–भाइ बिचको झगडा र मितेरी गाँउको कथा बोलेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
नेगेटिभ बुद्धको प्रस्तुति रहेको चलचित्रमा सौगात र विपिनको साथमा कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् ।