आज शुक्रवारबाट देशभरको हलहरुमा बलिउड चलचित्र ‘टाइगर जिन्दा हे’ र नेपाली चलचित्र ‘ब्याड व्याइ’ प्रदर्शनमा आएको छ ।
निर्माण भएको करिब ५ वर्ष बितिसकेको चलचित्र ‘ब्याड व्याय’ बिना कुनै प्रचार प्रदर्शन भएको हो । वरुण अधिकारीको निर्देशन रहेको चलचित्रको नेपालका केही सिंगल थिएटरमा रिलिज भएको छ । एक्सन प्रधान चलचित्र ‘व्याड व्याइ’मा युवा पुस्ताको कथालाई उठाइएको छ । चलचित्रमा जेश ढुङगाना, मनोज थापा, हरिष दाहाल, सुमित्रा, श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दाहाल, नानीकाजी ढङगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै आजबाट बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको छ । नेपालको मल्टिप्लेक्स र सिंगल थिएटरहरुमा सलमानको टाइगर जिन्दा हेले शोहरु ओेगटेको छ । ती वर्ष अघि आएको चलचित्र ‘एक थाहा टाइगर’को सिक्वेलको रूपमा रहेको टाइगर जिन्दा हे मा सलमानको साथमा कट्रिना कैफको मुख्य भूमिका रहेको छ । आदित्य चोपडाको निर्माण रहेको चलचित्रलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन् ।